धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिममा ६ शय ४८ जनामा एन्टिजेन र १ शय ९९ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।

सुदूरपश्चिममा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ।  सुदूरपश्चिममा सोमबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार  एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा  २० जना र आरटी पीसीआर बिधिबाट गरिएको परिक्षणमा  ४१ नामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदुरपश्चिममा ६ शय ४८ जनामा एन्टिजेन र १ शय ९९ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।

डडेल्धुरा अस्पतालमा ६ जनाको परिक्षण गर्दा २ जनामासेती अस्पतालमा १० शछ जनाको परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।  महाकाली अस्पतालको प्रयोगशालामा आरटी पीसीआर परिक्षण गरिएका  ८० नमुना मध्य कसैमा पनि संक्रमण पुष्टि भएन ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परिक्षणमा संक्रमण पुष्टि भएका मध्य सोमबार १ शय ५८ जना निको भएका छन्