धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा कांग्रेस क्रियाशिल विवाद बढ्दै

बाजुरामा कांग्रेस क्रियाशिल विवाद बढ्दै

धनगढी

 बाजुरामा कांग्रेस क्रियाशिल सदस्यता वितरण मानोमानी भएको भन्दै कार्यकर्ता रुष्ट बनेका छन् ।

 स्थानीय तहबाट सिफारिष भएका सदस्यलाई वेवासता गर्दै अन्य पार्टीबाट आएका सदस्यलाई मापदण्ड विपरित क्रियासिल सदस्यता बाडेर पार्टीलाई कम्जोर पार्न खोजिएको देउवा पक्षले आरोप लगाएका छन् ।

 कोइराला पक्षले एकलौटी रुपमा सदस्यताको दुरुपयोग गरी क्रियाशिल सदस्यता वितरण गरेको देउवा पक्षको आरोप छ । खास गरी बाजुराको त्रिवेणि गाउँपालिकाका मेयर रामसिंह रावलले एकलौटी रुपमा क्रियाशिल सदस्यता बाँडेको भन्दै बाजुरा कांग्रेसमा विवाद सुरु भएको थियो । सो विवाद अहिले जिल्लाभरनै रहेको हो ।

सवै प्रक्रिया पुर्याएर वडाको सिफारिष, नगर सिफारिष, प्रदेश कार्यसमितिको सिफारिष, जिल्ला कार्यसमितिको सिफारिष सहित क्रियाशिल फम भरेर केन्द्र पठाइएका पार्टिका लागि रातदिन खटेका जुझारु  त्रिवेणि नगरपालिकाका १ सय ८७ जनाका क्रियाशिल हरु अवैधानिक तरिकाले केन्द्रमा रद्ध गर्न लगाइएको छ । यो विषयले जिल्लामा विवाद बढेको हो ।  यो विषयमा केन्द्रय नेताले हस्तक्षेप गर्नथालेपछि बाजुराका नेता कार्यकर्ता झनै रुष्ट बनेका छन् ।

 देउवा पक्षका अनुसार कांग्रेस बाजुराका नेता जनकराज गिरिको सल्लाहमा नेपालि कांग्रेसका केन्द्रिय सदस्य ब्रदि पान्डेले कोईराला समुहका नेता रामचन्द्र पौडेल, शसांक कोईराला, शेखर कोईराला लाई भेटेर त्रिवेणिका १ सय ८७ जनालाई जसरी पनि का क्रियाशिललाई जसरी पनि हटाउने योजना बनाएका छन् । 

ब्रदि पान्डेले विधान अनुसार क्रियाशिल सदस्यको लागि शिफारिष भएका कार्यकर्ताको क्रियाशिल डिलिट गर्न लगाएर पार्टिलाई कमजोर बनाउन खोजेको देउवा पक्षको ओाप छ ।

 बाजुरा त्रिवेणिका पदाधिकारी आकांक्षि कांग्रेस नेताका अनुसार निष्ठावान कार्यकर्ताका १ सय ८७ क्रियाशिल सदस्यता रद्धगर्ने प्रयास गरेर कम्तिमा  नेपाली कांग्रेस बाजुराको लागि कम्तिमा ५ हजार भोट गुम्ने अनुमान गरिएको छ ।