धनगढी पोष्ट
बिहिबार, २४ असार २०७८ मा प्रकाशित
धनगढी
दार्चुलाको नौगाढ गाउँपालिका–३ मा पहिरो जाँदा एकै घरका दुई जना सहित ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दार्चुलाकोे नौगाढ गाउँपालिका–३ स्थित नन्दु ठगुन्नाको घर माथिबाट आएको पहिरोका कारण उनकी ७२ बर्षिया आमा देउडी ठगुन्ना र ३ महिनाकी घोरी मञ्जरी ठगुन्नाको मृत्यु भएको छ ।
यसैगरी सोही घरकी १८ बर्षिया मञ्जरी ठगुन्ना सामान्य घाइते भएकी छन् । यसै गरी पहिरोमा परी सोही वडाका २८ बर्षिय लक्ष्मण सितोलीको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताए ।
बुधबार राती परेको बर्षा संगै पहिरो गएको सूचना अधिकारी चन्दले बताए । पहिरोका कारण नन्दु ठगुन्नाको एउटा घर पुर्णरुपमा क्षेति भएको छ भने एउटा भैसि समेत मरेको सूचना अधिकारी चन्दले बताए ।
पहिरोले नौगाढ गाउँपालिका–३ मा रहेको ग्यामिर पावर हाउसको घरमा क्षेति पु¥याउनुका साथै नौगाढ ६ धुलिगाढामा रहेका दुई वटा पानी घट्ट, ३ वटा आरसिसि पुल र ३ वटा खानेपानीको मुहान बगाएको सूचना अधिकारी चन्दले बताए ।
पहिरोकै कारण नौगाढ स्वास्थय चौकी धुलिगढाको समेत जोखिममा परेको जनाइएको छ ।