धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

नावालक हत्या आरोपमा दीदि नाता पर्ने पक्राउ

धनगढी

कैलालीको टीकापुर स्थित कुलेसोमा मृत फेला परेका साढे तीन बर्षीय नाबालक विवेक बिष्टको हत्या गरेको आरोपमा नाबालककै दिदी पर्ने युवति सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको विषयमा अनुसनधान गर्न नाबालक कै दिदी पर्र्ने १५ वर्षीया युवती र उनकी साथी पक्राउ परेका छन् ।

मृतक बालक विवेकले लगाएको बाला ति युवती संग फेला परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमिक्त प्रबक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुका अनुसार पक्राउ परेका दुवै युवतिले प्रारम्भिक हत्या गरेको स्वीकारेका छन् । तर थप अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक गुरुले बताए ।

प्रारमिभक अनुसन्धानका क्रममा हत्याको कारण पारिवारिक रिसिबी भएको खुलेको प्रहरीले जनाएको छ । सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।