धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना

सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना
file photo

धनगढी

सोमबार सुदूरपश्चिमका एक÷दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाँशाखाले  जनाएको छ ।

मौसमविद गंगा नगरकोटीका अनुसार सोमबार (आज) दिउँसो र रोती सम्म सुदूरपश्चिमको पहाडी क्षेत्रमा हावाहुरी, चट्याङ संगै भारी बर्षा हुन सक्ने सम्भावना रहेको छ । भारी बर्षाका कारण पहिरो तथा भुक्ष्यको सम्भावना रहने भन्दै मौसमविद नगरकोटीले सम्भावित पहिरोको जोखिममा रहेका नागरिकलाई सचेत हुन आग्रह गरिन् ।

उनका अनुसार सुदूरपश्चिमको तराई क्षेत्रमा भने सामान्य देखी मध्यम बर्षाको सम्भावना रहेको छ । हाल सम्म सुदूरपश्चिमको तराई क्षेत्रमा भारी बर्षा भएको छैन मौसम विद नगरकोटीले भनिन्–‘आगामी तीन दिन सम्म पनि त्यसतो सम्भावना छैन, तराईका केही स्थानमा हल्का देखी मध्यम बर्षाको अनुमान गरिएको छ ।

तीन दिन देखी देशभर मनसुनी वायुको सक्रिय रहेका कारण मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाँशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाँशाखाद्वारा जारी मौसम बुलेटिन अनुसार सोमबार (आज) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १२ स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।