धनगढी पोष्ट शुक्रबार, २३ माघ २०८२   February 6, 2026

अमेरिकाले दिएको १५ लाख कोरोना खोप नेपाल पुग्यो

अमेरिकाले दिएको १५ लाख कोरोना खोप नेपाल पुग्यो

धनगढी

 अमेरिकी सरकारले प्रदान गरेको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल पुगेको छ ।

एक डोज मात्र लगाए पुग्ने सो खोप बोकेको विमान सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण भएको हो । कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

खोप बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिकन सरकारलाई धन्वयाद दिए । साथै उनले प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको बताए । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।  नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपहारस्वरुप प्रदान गरेको बताए ।