धनगढी पोष्ट
सोमबार, २८ असार २०७८ मा प्रकाशित
काठमाण्डौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले सोमबार संसद पुनस्र्थापना गरेर देउवालाई पधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।
अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको माग बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको हो ।
सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दोस्रोपटक जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।