धनगढी पोष्ट
मङ्गलबार, ०९ असार २०७७ मा प्रकाशित
धनगढी
सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा सुदुरपश्चिममा ४९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार २ शय १० पुगेको छ ।
मंगलबार साढे १२ बजेसम्मको परिक्षणमा कैलालीमा ४४ जना, बाजुरामा १ जना, कन्चनपुरमा १ जना र बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकामा ५ बषीय बालिका सहित ४४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । गोदावरी नगरपालिकामा ५ महिनाकी बालिका, ४ बर्षकी बालिका ३ बर्षकी बालिका गरि १५ महिला र ४ बर्षको बालक सहित २९ जना पुरुषमा कोरोना पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकामा १ महिला, कैलारी गाउँपालिकामा १ महिलामा समेत कोरोना पुष्टि भएको छ ।
त्यस्तै बाजुरामा २० बर्षीय १ पुरुष, कन्चनपुरको बेलौरीमा १६ बर्षीय १ पुरुष र बझाङमा १७ बर्षीय १ महिलामा कोरोना संक्रमण भएको छ ।