धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

सर्बोच्चको विरोधमा युवा संघद्वारा राकेजुलुस

धनगढी स्थित सुदुरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रपरिषदको कार्यालय अगाडी राकेजुलुस निकालेका छन् ।

सर्बोच्चको विरोधमा युवा संघद्वारा राकेजुलुस

धनगढी  संसद विगटन बदर गरेको विरोधमा राष्ट्रिय युवा संघ नेपाल अनेरास्ववियुले धनगढी स्थित सुदुरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रपरिषदको कार्यालय अगाडी राकेजुलुस निकालेका छन्

षडयन्त्रकारी शक्ति होसियार, अदालतको पक्षपाती फैसला मान्दैनौं, देश विभाजन गर्न खोज्ने शक्ति होसियार भन्दै युवाहरुले नारावाजी गरेका थिए

¥याली समापन गर्दै युवा संघ कैलालीका संयोजक तथा नेकपा एमाले कैलाली जिल्ला कमिटि सदस्य विष्णु चन्दले अदालतबाट नातावादको झल्को दिने गरी फैसला आएको बताए

प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराले नातावादबाट प्रभावित भएर फैसला गरेका छन् उनले भनेहो फैसला मान्य हुने छैन, देश विखण्डन गर्न खोज्नेलाई जनताले लखेट्नेछन्