धनगढी पोष्ट बिहिबार, २२ जेठ २०८२   June 5, 2025

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ साँझ ६ बजे

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ साँझ ६ बजे

धनगढी

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

सर्बोच्च अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । यो संगै शेर बहादुर देउवा ५ औं पटक प्रधानमन्त्री बन्ने भएका छन् ।