धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कांग्रेस र माओबादीबाट दुई दुई मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिंदै

कांग्रेस र माओबादीबाट दुई दुई मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिंदै

धनगढी

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउकाको सरकारमा कांग्रेसबाट दुई र नेकपा माओबादीबाट दुई जना मन्त्रि चयन भएका छन् ।

सर्बोच्च अदालतको फैसला संगै नयाँ नयाँ सरकार गठन हुँदा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो पार्टीबाट गृह तथा कानून मन्त्री चयन गरेका छन् । मंगलबार नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गरेसँगै तीन जनाले शपथ लिने भएका हुन् ।

यस्तै सत्ता साझेदार माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।