धनगढी पोष्ट बिहिबार, ०७ फागुन २०८२   February 19, 2026

एक महिनामा  सीमा नाकामा ९ बीओपी

एक महिनामा  सीमा नाकामा ९ बीओपी

कैलाली

    भारतसँगको सीमा नाकामा गत एक महिनामा सशस्त्र प्रहरीका नौ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

    देशका विभिन्न सीमा नाकामा नौ वटा बीओपी स्थापना गरिएको गृहमन्त्री रामबहादुर थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए। गृह मन्त्रालयले सीमामा बीओपीको संख्या पाँच सय पुर्‍याउने तयारीका साथ अगाडी बढेको छ। अहिले दुई सय २१ वटा बीओपीको प्रस्ताव मन्त्रिपरिषद्ले समेत स्वीकृत गरेको छ।

    कैलालीको कैलारी गाउँपालिका ३, भजनी नगरपालिका ७, धनगढी उपमहानरपालिका ९ र १० तथा टीकापुर नगरपालिका ८ मा पनि बिओपी स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ । गत एक महिनामा डढेलधुराको परशुराम नगरापालिका ३ को सिमशीर्ष र ५ को परिगाउँ, बैतडीको दशरथचन्द नगरपालिका ८ को झुलाघाट, मुस्ताङको लोमान्थाङ गाउँपालिका ४ मा बीओपी स्थापना गरिएको छ।

     यसअघि सीमा क्षेत्रमा ८७ वटा मात्रै बिओपी थिए। अहिले बिओपीको संख्यामा एक सय २९ पुगेको छ।