धनगढी पोष्ट
मङ्गलबार, २९ असार २०७८ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
सर्वोच्च अदालतले सोमबार संसद पुनस्स्थापना गर्दै देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चको परमादेशपछि संविधानको धारा ७६ को उपधारा (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ।