धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

बालुवाटार प्रकरणमा मुछिएका गच्छदार अदालत हाजिर

बालुवाटार प्रकरणमा मुछिएका गच्छदार अदालत हाजिर

धनगढी

प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउएको भनदै भ्रष्टाचार अभियोग लागेका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाउँदै डेढ वर्षअघि उनीविरूद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्धाको सिलसिलामा गच्छदार बुधबार बिहान १० बजे विशेष अदालत पुगेका हुन् ।

अदालतले म्याद काटेको झण्डै डेढ वर्षपछि उनी अदालतमा हाजिर भएका हुन् । विशेषका प्रवक्ता पुष्प पाण्डेका अनुसार डेढ वर्षअघि गचछदारको नाममा काटिएको म्याद बदर भएको थियो । अदालतले डेढ महिना अघि गच्छदारको नाममा अर्को म्याद जारी गरेको थियो । भ्रष्टाचार मुद्दा लागेका गच्छदार अहिले सांसद पदबाट निलम्बित छन् ।

२०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो । त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए । प्रधानमन्त्री निवास विस्तारको निर्णय भौतिक योजना मन्त्रालयबाट जानु उचित भए पनि गच्छदारको प्रस्तावमा निवास परिसरभित्रका जग्गा सट्टापट्टा दिने र मोहीलाई सरकारी जग्गा दिने निर्णयको प्रस्ताव समेत गरिएको थियो ।

जग्गा सट्टापट्टा दिने र मोहीलाई जग्गा दिने वा सरकारी जग्गा दाखिल खारेज गर्ने प्रस्ताव भौतिक योजना मन्त्रालयबाट नभई भूमिसुधारबाट आउनुपर्ने थियो । २०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो । त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री रहेका थिए ।

यसरी कानुनविपरीत सरकारी जग्गा व्यक्तिको नाममा पु¥याएको भन्दै अख्तियारले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाएको थियो । उनलाई ११ वर्षदेखि १३ वर्षसम्म कैद सजाय हुनुपर्ने र बिगो बमोजिमको जरिवाना तिराउनुपर्ने अख्तियारको माग छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याएको भन्दै पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको थियो ।