धनगढी पोष्ट
बुधबार, ३० असार २०७८ मा प्रकाशित
धनगढी
बुधबार देशभर थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार १० जना र ४ हजार ९ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट बुधबार १८ जनाको मृत्यु भएको छ । यसैगरी बुधबार १ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अव सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ रहेको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित मध्य २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।