धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीको अत्तरिया क्षेत्रमा बाढी, मोहना र कर्णालीमा पानीको सतह बढ्यो

कैलालीको अत्तरिया क्षेत्रमा बाढी, मोहना र कर्णालीमा पानीको सतह बढ्यो

धनगढी

बिहीबार बिहान देही परेको बर्षाका कारण कैलालीको अत्तरिया क्षेत्र डुवानमा परेको छ, भने कर्णाली र मोहनामा पानीको बहाव बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गोदावरी  नगरपालिकाको वडा नम्बर १ र ४ का दर्जन बढी घर डुवानमा परेका छन् । भालू खोलामा आएको बाढी बस्तीमा प्रवेस गर्दा बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेका जिलला प्रहरी कार्यालय कैलालीले जननाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार मनहरा खोलामा आएको बाढी समेत बस्तीमा पसेको छ । महोहरा खोलामा आएको बाढीका कारण गेटा मेडिकल कलेज आसपासको क्षेत्रमा रहेका घरमा पानी पसेको विष्टले बताए ।

बिहीबार बिहान देखी आएको बर्षाका कारण मोहना नदी र कर्णाली नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।

कैलालीको चुरे क्षेत्रमा अहिले पनि भारी बर्षा भइरहेको छ प्रहरी प्रबक्ता विष्टले भने–‘यसले तराईका अन्य खोलानालामा समेत पानीको बहाव बढ्न सक्ने देख्न्छि, हामी जोखिममा रहेका वस्तीमा गएर नागरिकलाई सचेत गराइरहेका छौं ।

जल तथा मौसम पूर्वानुमा महाँशाखा काठमाण्डौंकी बरिष्ठ मौसम विद प्रतिमा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुन सक्रिय रहेको छ । जसका कारण सुदूरपशिचम र कर्णाका केही स्थानमा बिहीबार र शुक्रबार भारी बर्षाको सम्भावना रहेको छ ।

शनिबार मनसुन थप सक्रिय हुन सक्ने भएकाले अधिकांस स्थानमा भारी बर्षा हुन सक्ने अनुमान गरिएको बरिष्ठ मौसम विद मानन्धरले बताइन् ।