उदयदेव सहकारीले आफ्नै ब्राण्डमा बजारमा ल्याउदैछ  बीउ

किसानहरुलाई गुणस्तरिय बीउ बिजन उपलव्ध गराउन किसानकै सहभागितामा उदयदेवले  बीउ बिजन प्रशोधन शुरु गरेको हो ।

उदयदेव सहकारीले आफ्नै ब्राण्डमा बजारमा ल्याउदैछ  बीउ

धनगढी  ।  उदयदेव बहुद्धेश्यीय सहकारीले आफ्नै ब्राण्डमा बिउ बजारमा ल्याउने भएको छ । किसानहरुलाई गुणस्तरिय बीउ बिजन उपलव्ध गराउन किसानकै सहभागितामा उदयदेवले  बीउ बिजन प्रशोधन शुरु गरेको हो । 

शेयर सदस्य किसानहरुलाई आय आर्जनसँग जोड्न र गुणस्तरिय बीउको उपलवधता सहज बनाउन  सहकारीले आफ्नै ब्राण्डमा बीउ बजारमा ल्याउन लागेको उदयदेव सहकारीका  प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताए ।

‘हाम्रो सहयोगमा किसानहरुले २५ बिगाहमा धानको बीउ लगाइसकेका छन् । प्रमुख कार्यकारी चन्दले भने – ‘किसानहरुले उत्पादन गरेको बीउ खरिद गरेर सहकारीले ब्राण्डिङ गरे बजारसम्म पुरयाउँछ । किसानबाट खरिद गरिएको बीउलाई टीट गर्ने, ग्रिडिङ गर्ने, प्याकिङ गर्ने र आफ्नो ब्राण्डमा  राखेर बजारमा लैजाने काम सहकारीले गर्नेछ ।

आफ्नै ब्राण्डमा बीउ बजारसम्म पुरयाउन सहकारीको नाम लेखिएका बोरा पनि मगाइ सकिएका छन् । अहिले धानका बीउ उत्पादन र प्रशोधन  शुरु गरिए पनि बिस्तारै तरकारीका बीउ पनि बजारमा ल्याउने चन्दले बताए ।

 प्रमुख कार्यकारी अधिकृत चन्दका अनुसार  बीउ उत्पादका लागि सहकारीले किसानलाई हामी बीउ, मलखाद र औषधी दिने गरेको छ । समय समयमा बीउ लगाएको खेतको अनुगमन समेत सहकारीका प्राविधिकहरुले गर्ने गर्दछन् ।

सहकारीका सदस्यहरुलाई बीउ उत्पादनमा जोड्न उदयदेवले बीउ बिजन बृद्धि कार्यक्रम नै सञ्चालन गरेको छ ।

किसानहरुसँग बजार मुल्य भन्दा १० प्रतिशत बढी मुल्यमा बीउ खरिद गर्ने सहमति भएको छ । 

बीउ उत्पादनका लागि  सहकारीको  कस्टम हायरिङ सेन्टर (कृषि उपकरण बिक्री केन्द्र) बाट सहुलियत दरम कृषि सामाग्री उपकरणहरु भाडामा दिने गरिएको छ ।   सेन्टरमा १३ वटा कृषि उपकरणहरु राखिएका छन् । 

सदस्यहरुलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउन उदयदेव सहकारीले बीउ प्रशोधन केन्द्र स्थापना गरेको छ । प्रशोधन केन्द्रको  भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले आज९ बुधबार० उद्घाटन गरेका छन् । प्रशोधन केन्द्र स्थापनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन इकाई महेन्द्रनगरको अनुदान सहयोग ३८ लाख  २५ हजार र सहकारीको ४३ लाख १० हजार गरि ८१ लाख  ४३ लाख  लगानी रहेको छ । 

सहकारीको आफ्नै १ बिगाह जग्गामा स्थापना गरिएको प्रशोधन केन्द्रमा २ टन क्षमताको सीड ग्रेडर, २ टन क्षमताको सीड टीटर,२ टन क्षमताको इलिभेटर,  चिस्यान मीटर, बोरा सिउने मेशीन,  इलेक्ट्रिक फर्म स्केल सहितका  उपकरण राखिएका छन् ।