सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार बिहीबार प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको १ सय ३५ जनाको पिसिआर परिक्षणमा २५ र ६ सय ६२ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार प्रदेशबाट ६ जना संक्रमण मुक्त भएका छन् ।

बिहीबार सेती प्रादेशक अस्पतालमा ६६ जनाको पिसिआर परिक्षण गर्दा १९ जना, डडेल्धुरा अस्पतालमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना, कमलबजार अस्पताल अछाममा गरिएको ८ जनाको पिसिआर परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार डोटीमा २ र महाँकाली अस्पतालमा ४९ जनाको पिसिआर परिक्षण गरिएकोमा सवैको नतिजा नेगेटिभ रहेको छ ।

सुदूरपशिचम प्रदेशमा हाल सम्म १ लाख ९५ हजार ८ सय ९९ जनाको पिसिआर परिक्षण गर्दा ३५ हजार ६ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका मध्य हाल सम्म ३ सय २९ जनाको मृत्यु भएको छ, भने ५ हजार २ सय ३९ जना संक्रमण मुक्त भएका छन् ।