धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

महाँ नेपालीद्वारा कांग्रेस बाजुरा जिल्ला सभापतिमा दावी

महाँ नेपालीद्वारा कांग्रेस बाजुरा जिल्ला सभापतिमा दावी

धनगढी

नेपाली कांग्रेस बाजुरामा लामो सम देखी क्रियाशिल रहँदै आएका महाँ नेपालीले कांग्रेसको आसन्न महाँधिवेसनमा सभापतिको उमेदवारी दिने दावी गरेका छन् ।

२०६४ सालको संविधान सभा निर्वाचनमा सभाषद समेत रहेका नेपाली कांग्रेस बाजुराका आस लाग्दा तथा भरोसावान नेताका रुपमा चिनिदै आएका छन् ।

दुर्गम जिल्ला बाजुरामा जन्मेका नेता नेपालीले कांग्रेसका विभिन्न भातृ संगठन तथा जिल्ला कार्य समितिका विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

प्रजातन्त्र तथा जनताको आधारभूत अधिकार रक्षाका लागि भएका आन्दोलनमा सहभागि हुँदा उनले पटकपटक जेल जिवन समेत बिताएका छन् ।

आफु आसन्न नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिबेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै उनले आफुले गरेका कामको मुल्याङ्कन गर्दै सबै नेता तथा कार्यकर्ता लाई आफ्नो पक्षमा भोटिङका लागि अनुरोध गरेका छन् ।