धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

खैरो हिरोइन सहित दुई जना पक्राउ

खैरो हिरोइन सहित दुई जना पक्राउ

धनगढी

कैलालीमा लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको टीकापुर नगरपालिका ६ नारायनपुरबाट १४ दशमलव ९७ ग्राम खैरो हिरोईनसहित टीकापुर बैदीका ३६ वर्षीय लोकेन्द्र साउँद र २८ वर्षीय धन सिंह सुनारलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार दुवै जनालाई असार ३१ गते साँझ ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथी थप अनुसन्धान भइरहेको उनले बताए ।