धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डडेल्धुरामा एक बर्षमै दुई सय दुई मुद्दा दर्ता

डडेल्धुरामा एक बर्षमै दुई सय दुई मुद्दा दर्ता

धनगढी

जिल्ला अदालत डडेल्धुरामा १ बर्षको अवधिमा दुई सय दुई मुद्धा दर्ता भएका छन् ।

जिल्ला अदालत डडेल्धुराका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा दुई सय बढी मुद्दा दर्ता भएका हुन् । अदालतको तथ्याङ्क अनुसार गत आर्थिक २०७७÷०७८ मा दर्ता भएका मुद्धा मध्य एक सय ३५ वटा मुद्धा फर्छ्यौट भएका छन् भने ६७ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् ।

दर्ता भएका मुद्दा मध्य सम्बन्ध विच्छेद सम्बन्धि मात्रै ५४ वटा मुद्धा रहेका जनाइएको छ । यसैगरी जबरजस्ती करणीका २५ मुद्दा दर्ता भएका छन्, भने  वन सम्बन्धी १२ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ ।