धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

खोप केन्द्र बढाउन प्रधानमन्त्रीको निर्देशन

खोप केन्द्र बढाउन प्रधानमन्त्रीको निर्देशन

धनगढी

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी जनतालाई सहज रुपमा खोप उपलब्ध गराउन निर्देशन दिएका छन् ।

खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले जनतालाई सहजरुपमा खोप लगाउन पाउने व्यवस्था गर्न आवश्यकता अनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।


ट्रेन्डिङ