धनगढी पोष्ट आइतबार, ०९ कार्तिक २०८२   October 26, 2025

चिनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

चिनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

धनगढी

नेपालको उत्तरी छिमेकी देश चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन् । उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी प्रधानमन्त्री देउवालाई दिएकिहुन् ।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको । यस्तै नेपालले चिनबाट किनेको ४० लाख डोज खोप मध्ये ८ लाख डोज नेपालमा पुगेको छ । त्यसोत नेपालका लागि चिनियाँ राजदूत यान्छीले यस अघिनै नेपाललाई चिनले  थप खोप सहयोग गर्ने आस्वासन दिइसकेकिथिइन् । उनले केहिदिन अघि गरिएको भर्चुअल प्रेस कन्फ्रैनसमा यस्तो बताएकिथिइन् ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच शुक्रबार भएको भेटमा नेपालचीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन् ।