धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

जबरजस्ती करणी उद्योगमा दोषी ठहरिएका राना सात महिना पछि पक्राउ

जबरजस्ती करणी उद्योगमा दोषी ठहरिएका राना सात महिना पछि पक्राउ

धनगढी

जबरजस्ती करणी मुद्धामा दोषि ठहरिएपछि फरार रहेका कञ्चनपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ का विष्णु रानालाई शुक्रबार उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला अदालत कञ्चनपरले रानालाई गत मंसिर २४ गते जबरजस्तीकरणी उद्योग मुद्दामा दोषि ठहर गर्दै एक वर्ष कैद, एक लाख जरिवाना र पीडितलाई एक लाख क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि फरार रहेका राना सात महिनापछि शुक्रबार उनकै घरबाट पक्राउ परेका हुन् । उनलाई अदालतमा पेश गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिद्धराज न्यौपानेले बताए ।