धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८२   July 29, 2025

बैतडीमा साउन १५ गते सम्म लम्बियो निषेधाज्ञा

बैतडीमा साउन १५ गते सम्म लम्बियो निषेधाज्ञा

धनगढी

बैतडीमा साउन १५ गते सम्म रहने गरी निशेधाज्ञाको समयावधि लम्ब्याइएको छ ।

निशेधाज्ञाका मापदण्डलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय बैतडीले छैठौं पटक निषेधाज्ञा थपेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जिल्लामा कोरोना भाईरसको जोखिम कायमै रहेकाले साउन १५ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको बताए । निषेधाज्ञा जारी रहेको भएपनि जिल्लाभित्र सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।

यस अघि क्षमता भन्दा आधा यात्रु मात्रैबोक्न पाउने गरी सािर्वजनिक सवारी सञ्चालन गर्न दिइने निर्णय गरिएको मा शुक्रबार देख भिने सो मापदण्ड हटाउँदै पूर्ण सीट क्षमतामा सवारी साधन सञ्चालन गर्न दिइने प्रशासनले निर्णय गरेको छ ।

नयाँ मापदण्ड अनुसार अव पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालनमा रहने सूचना अधिकारी भारतीले जानकारी दिए । यस्तै विवाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रमहरुमा बढीमा २५ जना सहभागी भएर सम्पादन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।