सुदूरपश्चिमका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिममा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार प्रदेशका ५ ओटा प्रयोगशालामा १ सय ४४ जनाको पिसिआर परिक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

यसै गरी ७ सय ५७ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा गरी जम्मा ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थय निर्देशनालय राजपुर डोटीका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालमा १४, महाँकाली अस्पतालमा ९ जना र डडेल्धुरा अस्पतामा १ जनामा संक्रमण पुष्टि भएको हो ।  शुक्रबार प्रदेशभर कोरोना बाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । निर्देशनालयका अनुसार शुक्रबार कोरोना निको भएर घरजानको संख्या समेत शुन्य रहेको छ ।

शुक्रबार थपिएका ४८ जना संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुने नागरिकको कुल संख्या ३५ हजार ६ सय ९९ पुगेको छ । संक्रमित मध्य हाल सम्म ३ सय २९ जनाको मृत्यु भएको छ भने ३५ हजार २ सय ८० जना संक्रमण मुक्त भएका छन् ।

हाल प्रदेशभर ३ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थय निर्देशनालय डोटीले जनाएको छ ।