धनगढी पोष्ट
शनिबार, ०२ साउन २०७८ मा प्रकाशित
धनगढी
कञ्चनपुरको भिमदत्त नगरपालिकामा भेटिएको अजिङ्गर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लगेको छ ।
केही दिन अघि देखी कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ तल्लो गोबरियामा अजिङ्गर देखा परेको थियो । ८ फिट लामो अजिङ्गरले स्थानीय हरिप्रसाद भट्टको खरायोको खोरमा रहेका ३ वटा ठुला खरायो ७ वटा साना खरायोलाई खाएको जनाइएको छ ।