धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सेतीको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शनिबार ५५ जनाको स्वाव परिक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार संक्रमण पुष्टि भएका मध्य ८ जना उपचारका लागि अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार शनिबार सेती अस्पतालबाट २ जना संक्रमण मुक्त भएर घर गएका छन् ।