धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

सुदूरपश्चिममा तीन दिन भारी बर्षा, सतर्क रहन मौसम विदको आग्रह

सुदूरपश्चिममा तीन दिन भारी बर्षा, सतर्क रहन मौसम विदको आग्रह

धनगढी

सुुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आगामी तीन दिन भारी बर्षा हुन सक्ने भन्दै मौसम विदले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाँशाखा काठमाण्डौकी मौसम विद मञ्जु वासीका अनुसार आगामी तीन दिन सुदूरपश्चिमका ९ वटै जिल्ला मध्य केही स्थानमा भारी बर्षा हुन सक्ने अनुमान गरिएको छ । उनका अनुसार कैलाली कञ्चनपुरमा बर्षाको सम्भावना बढी रहेको छ ।

बंगालको खाडीबाट उत्पन्न भएको मनसुन बिहीबार देखीनै सुदूरपश्चिम प्रवेस गरेको छ मौसम विद वासीले भनिन्–‘यो वायुको प्रभावका कारण शनिबार देखी सोमबार सम्म सुदूरपश्चिममा भारी बर्षाको सम्भावना रहेको छ । बर्षाका कारण तारई क्षेत्रमा डुवान हुन सक्ने भन्दै उनले बाढीको जोखिममा रहेका नागरिकलाई सचेत रहन आग्रह गरेकिछन् ।

बर्षाका कारण ठुला नदी  महाँकाली, कर्णाली, दोदा, मोहना, खुटिया तथा ती नदीका सहायक नदीमा पानीको बहाव उच्च हुन सक्ने उनले बताइन् । नदीमा पानीको सतह उच्च हुने हुँदा तटिय क्षेत्रमा बसोवास गर्ने नागरिकले सावधानी अपनाउनु पर्नेमा उनले जोड दिइन् ।

सुदूरपशिचम प्रदेश संगै आगामी तीन दिन कर्णाली, गण्डकी र प्रदेश २ माका केही स्थानमा समेत भारी बर्षाको सम्भावना रहेको उनले बताइन् ।