धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सुदूरपश्चिमका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४४ हजार ५ सय १६ पुगेको छ । संक्रमित मध्य हाल सम्म ५ सय ७४ जनाको मृत्यु भएको छ । यसैगरी हाल सम्म संक्रमण भएका मध्य ३५ हजार ३ सय ८ जना निको भएर घर गएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका अनुसार शनिबार ३ जना संक्रमित निकोभएर घर गएका छन् ।

स्वास्थ्य डोटीका अनुसार शनिबार डडेल्धुरा अस्पतालमा १२ र धनगढी स्थित सेती प्रादेशिक अस्पतालमामा ५५ गरी ६७ जनाको स्वाव परिक्षण गर्दा मा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार नै ४ सय १७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा ८२ हजार ८ सय ६६ जनाको एन्टिजेन विधिबाट र १ लाख ९६ हजार १ सय १८ जनाको पिसिआर विधिबाट गरी जम्मा २ लाख ७८ हजार ९ सय ८४ जनाको कोरोना परिक्षण गरिएको छ ।