धनगढी पोष्ट सोमबार, ११ साउन २०८३   July 27, 2026

गौरीगंगा नगरपालिकामा खैरो हिरोइन सहित १ जना पक्राउ

लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ४ बाट शुक्रवार राति साढे नौ बजे एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिकामा खैरो हिरोइन सहित १ जना पक्राउ

 

धनगढी कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको    लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर बाट शुक्रवार राति साढे नौ बजे एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर कै २१ बर्षीय अर्जुन साउद रहेका छन् उनको साथबाट ११ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो

 साउद बिरुद्ध जिल्ला  अदालत कैलालीमा लागु औषध खैरो हिरोइन शीर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको