धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

ह्वीप लगाउने निर्णय गर्नु गलत : गौतम

ह्वीप लगाउने निर्णय गर्नु गलत : गौतम

धनगढी

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले संसदमा ह्वीप लगाउन गरेको निर्णय गर्नु गलत भएको बताएका छन् ।

संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेको भन्दै उपाध्यक्ष गौतमले सर्बोच्चको फैसला विपरित पार्टीले ह्वीप लागाउन गरेको निर्णय गलत भएको बताए ।

उपाध्यक्ष गौतमले धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नस गलत हुने बताए । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।