धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

पूर्व संविधानसभा सदस्य श्रीपाईली सम्मानित

पूर्व संविधानसभा सदस्य श्रीपाईली सम्मानित

धनगढी

पुर्व संविधानसभा सदस्य तथा कमैया, कमलरी हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका हरी श्रीपाइली सम्मानित भएका छन् ।

उनलाई शनिबार कमैया मुक्ति अधिकारमुखी आन्दोलनमा विशिष्ट योगदान पुर्याए वाफत  कमैया तथा बडघर संजाल, टिकापुरले सम्मान गरेको हो ।

२१ औँ मुक्त कमैया दिवसको अवसर पारेर शनिबार टिकापुरमा भएको कार्यक्रममा श्रीपाईलीलाई सम्मानित गरिएको हो । पुर्व संविधानसभा सदस्य श्रीपाईली २०५१ साल देखिनै कमैयाका हक र अधिकारका क्षेत्रमा आवाज उठाउँदै आएका थिए ।

उनले कमैंया पर्था अन्त्यका लागि अभियाननै चलाएका थिए । यसैगरी दलित अधिकारका लागि राष्ट्रिय संजालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुर्नस्थपना कार्यदलका केन्द्रीय संयोजक समेत रहेका थिए ।

सममान पछि श्रीपाइलीले आफू सदैब दलित, कमैया, हलिया, कमलरी र शोषित पिडीत सिमान्तकृत समुदायको अधिकारका लागि सदैव आवाज उठाउने बताए ।