धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

ओलीलाई धन्यवाद दिंदै देउवाले मागे विश्वासको मत

ओलीलाई धन्यवाद दिंदै देउवाले मागे विश्वासको मत

धनगढी
प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिंदै आफुलाई विश्वासको मत मागेका छन् । 
आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दै देउवाले तीन वर्षभन्दा बढी समय सरकार सञ्चालन गरेका ओलीलाई धन्यवाद दिएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गएका तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिन चाहन्छु’ देउवाले भने–‘अव मलाई विश्वासको मत दिएर सहयोग गर्नुहोस् ।’ प्रधानमन्त्री देउवाले देशमा सुशासन कायम गर्नुपर्ने अवस्था रहेको पनि बताए ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गर्दै आफू अगाडि बढ्ने बताए । उनले राजनीतिक दल एकअर्काका शत्रु  नभई सहयात्रीको रूपमा रहेको बताए । उनले आफूलाई विश्वासको मत दिन पनि आग्रह गरेका छन् ।