धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

रेशमलाई म चिन्छु, संविधान अनुसार  मिलेसम्म गर्छु :  प्रधानमन्त्री  देउवा

‘रेशम चौधरीलाई म चिन्छु । उहाँलाई छुटाउन चाहँदैमा हुँदैन’ देउवाले भने ।

रेशमलाई म चिन्छु, संविधान अनुसार  मिलेसम्म गर्छु :  प्रधानमन्त्री  देउवा

काठमाडौं   प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जेलबाट रिहा गर्ने कुरामा कानुनले दिएसम्म गर्ने बताएका छन्

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रक्रियामा जसपाका नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै देउवाले राजनीतिक व्यक्तिलाई जेलमा राखेर समाधान नहुने तर अदालतले नमान्ने भएका कारण समस्या हुने उनले बताए

उनले अदालतमा हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता कांग्रेसको रहेको भन्दै उनले राजनीतिक व्यक्ति जेलमा बस्न नहुने मान्यता राख्ने बताए

रेशम चौधरीलाई चिन्छु उहाँलाई छुटाउन चाहँदैमा हुँदैन देउवाले भने

राजवन्दीलाई छुटाउने सबैको चाहना हुने भन्दै उनले जेलमा कसैलाई पनि राख्ने रहर नभएको बताए सकिने काम गर्न तयार रहेको भन्दै उनले संविधान अनुसार मिल्ने काम गर्ने बताए मधेशी, थारु लगायत सबैको संविधान भएकाले सबैलाई समेटेर लैजाने प्रयास गर्ने उनले बताए

डडेल्धुराको मानिस हुँ लिम्पीयाधुराका बारेमा मैले तपाई भन्दा धेरै जानेको छु उनले भने   अहिले कोरोना महामारी भएकाले यसमा सरकार केन्द्रित रहने देउवाको प्रतिवद्धता   ‘सरकारको पहिलो, दोस्रो तेस्रो प्राथमिकता खोप हो उनले भनेविकास आवश्यक , तर जिन्दगी बचाउनु झन महत्वपुर्ण