धनगढी पोष्ट
मङ्गलबार, ०९ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २ सय ७७ पुगेको छ । आज एकै दिन एक सय १६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १३ सय नजिक पुगेको हो ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा गरि एक सय १६ जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र ९ पुरुष गरी २० जना, बझाङका ३ महिला र १६ पुरुष गरी १९ जना, कैलालीका १ महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका २ महिला र सात पुरुष गरी ९ जना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यसअघि धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा सुदुरपश्चिममा ४९ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार साढे १२ बजेसम्मको परिक्षणाम कैलालीमा ४४ जना, बाजुरामा १ जना, कन्चनपुरमा १ जना र बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीको गोदावरी नगरपालिकामा ५ बषीय बालिका सहित ४४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए । गोदावरी नगरपालिकामा ५ महिनाकी बालिका, ४ बर्षकी बालिका ३ बर्षकी बालिका गरि १५ महिला र ४ बर्षको बालक सहित २९ जना पुरुषमा कोरोना पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकामा १ महिला, कैलारी गाउँपालिकामा १ महिलामा समेत कोरोना पुष्टि भएको छ ।