धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुर्नयामा वृक्षारोपण गरेर जन्मदिन मनाउने अभियान

सुर्नयामा वृक्षारोपण गरेर जन्मदिन मनाउने अभियान

धनगढी

फजुल खर्च गरेर जन्मदिन मनाउने परिपार्टीको विकास हुँदै गर्दा बैतडीको सुर्नया गाउँपालिकाले भने फरक तरिकाले जन्मदिन मनाउने अभियाननै सञ्चालन गरेको छ ।

जन्मदिनलाई फजुल खर्चका रुपमा नभई दिगो बनाउने उद्देश्यले बैतडीको सुर्नया गाउँपालिकाले जन्मदिनमा वृक्षारोपण गर्ने अभियान सञ्चालन गरेको हो ।

सुर्नया गाउँपालिकाले सञ्चालन गरेको सो अभियान गाउँपालिकाभरी लागु गर्ने योजना रहेको  गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टले बताए ।

यसरी जन्मदिन मनाउँदा उसको प्रकृतिको संरक्षण हुनका साथै मानिसले स्वस्थ अक्सिजन पनि पाउने छन् उनले भने–‘यसरी मनाएको जन्मदिन दिगो पनि हुनेछ । कार्यक्रमलाई सफल बनाउँन बर्थ डे फरेष्टी अभियान नै सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रमको थालनि कृषि शाखा प्रमुख विष्टले आफै बाट गरेका छन् । सोमबार परेको विष्टको जन्मदिनका अवसरमा गाउँपालिका परिसरमा २ सय बढी विभिन्न प्रजातिका बोट रोपिएको कृषि शाखा प्रमुख बिष्टले बताए ।

बिभिन्न फलफुल तथा सौन्दर्यबद्र्धक बोट बिरुवा रोपण गरिएको उनले बताए । आइतबार अभियानको सुरुवात भएको र यो अभियान बर्षभरी नै सञ्चालन गरिने उनले बताए ।

ग्रीन सुर्नया, क्लीन सुर्नया र भिजिट सुर्नया भन्ने उदेश्यका साथ कृषि क्षेत्रमा काम गर्ने योजना अन्तरगत बर्थ डे फरेष्टी अभियान चलाएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।