धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

राम्रो काम गर्न नसकेपछि आलेलाई मन्त्रीपदबाट हटाइएको हो : ओली

राम्रो काम गर्न नसकेपछि आलेलाई मन्त्रीपदबाट हटाइएको हो : ओली

 

धनगढी

नेपका एमालेका अध्यक्ष केपि शर्मा ओलीले पुर्व वन मनत्री प्रेम आलेलाई हटाउनुको कारण खुलासा गरेका छन् ।

सोमबार बसेको एमालेको १० औं केन्द्रिय कमिटिमा बोल्दै अध्यक्ष ओलीले राम्रो काम गर्न नसकेपछि पुर्व वनमन्त्री आलेलाई हटाइएको बताए । काठमाण्डौंको च्यासलमा बसेको केन्द्रिय कमिटि बैठकमा आलेका बारेमा कुरा उठेपछि ओलीले काम गर्न नसक्दा आले आफैले हट्नु परेको बताए । ‘मैले मन्त्री बनेर काम गर्ने मौका दिएकैहुँ’ ओलीले भने–‘तर उनले काम देखाउन सकेनन्, काम गर्न नसक्नेलाई मन्त्रीमा राख्नुको तात्पर्यथिएन ।’ आले पदका भोका भएका बताउादै ओलीले मन्त्री पदकै लागी आले कांग्रेसको सरणमा गएका बताए ।


ट्रेन्डिङ