धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिममा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार प्रदेशका ४ वटा प्रयोगशालामा १ सय ३५ जनाको पिसिआर परिक्षण गर्दा ३८ र ४ सय ३८ जनाको एन्टिजेन परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार सोमबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३० र महाँकाली अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा बाजुराका १ जना, डडेल्धुराका ३ जना, कैलालीका २२ र कञ्चनपुरका १२ जना रहेका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ७ सय ८२ पुगेको छ । संक्रमित मध्य ३५ हजार ३ सय ६५ जना संक्रमण मुक्त भएका छन् भने १ सय ३० जनाको मृत्यु भएको छ ।

यसैगरी सोमबार प्रदेशभरबाट ९ जना कोरोना संक्रमण मुक्त भएर घर गएका छन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार सेती प्रादेशिक अस्पताल धनगढीबाट ७ जना तथा डडेल्धुरा र महाँकाली अस्पतालबाट १÷१ जना संक्रमण मुक्त भएर घर गएका छन् । हाल प्रदेशभर ३ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।