सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिममा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार प्रदेशका ४ वटा प्रयोगशालामा १ सय ३५ जनाको पिसिआर परिक्षण गर्दा ३८ र ४ सय ३८ जनाको एन्टिजेन परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार सोमबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३० र महाँकाली अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा बाजुराका १ जना, डडेल्धुराका ३ जना, कैलालीका २२ र कञ्चनपुरका १२ जना रहेका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ७ सय ८२ पुगेको छ । संक्रमित मध्य ३५ हजार ३ सय ६५ जना संक्रमण मुक्त भएका छन् भने १ सय ३० जनाको मृत्यु भएको छ ।

यसैगरी सोमबार प्रदेशभरबाट ९ जना कोरोना संक्रमण मुक्त भएर घर गएका छन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार सेती प्रादेशिक अस्पताल धनगढीबाट ७ जना तथा डडेल्धुरा र महाँकाली अस्पतालबाट १÷१ जना संक्रमण मुक्त भएर घर गएका छन् । हाल प्रदेशभर ३ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।