धनगढी पोष्ट
सोमबार, ०४ साउन २०७८ मा प्रकाशित
धनगढी
सरकारले बकर इदका अवसरमा साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले ६ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर सोमबार नै ध्यानाकर्षण गरेको थियो ।
नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए । यस अघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा दिंदै आएकामा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सो बिदा कटौति गरिएको थियो ।