पहिरोका कारण पहाडी जिल्लाका दुई राजमार्ग अवरुद्ध

पहिरोका कारण पहाडी जिल्लाका दुई राजमार्ग अवरुद्ध

धनगढी

शनिबार देखी भइरहेको लगातारको बर्षाका कारण सुदूरपशिचम प्रदेशका पहाडी जिल्ला जोड्ने दुई राजमार्ग अबरुद्ध भएका छन् । बैतडीको सर्नयामा आएको पहिरोका कारण महाकाली लोकमार्ग अबरुद्ध भएपछि दार्चुलाको यातायात सेवा प्रभावित बनेको छ ।

महाकाली राजमार्ग अन्त सतबाँझ गोकुलेश्वर सडकखण्डमा पर्ने बैतडीको सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि दार्चुला र बैतडीका केही स्थानको यातायात सेवा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरु बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । अहिले पहिरो पन्छ्याउनका लागि प्रयास भईरहेको उनले बताए ।

लगातारको बर्षाकै कारण जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा बझाङ जिल्लाको यातायात अबरुद्ध भएको छ । मंगलबार बिहान खेसेको सो पहिरो पञ्चाउने काम भएरहेको बैतडीका प्रबक्ता प्रहरी निरिक्षक ओझाले बताए ।