धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा ४२  जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ४२  जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ।  सेती प्रादेशिक अस्पताल धनगढीमा मंगलबार गरिएको परिक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको  प्रयोगशालामा ९७ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित १७ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेको मध्य १ जनाको आइसीयुको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा कोरोना संक्रमित ४ जना भर्ना भएका छन् भने निको भएर र होम आइसोलनमा  ५ जना  गएका छन् ।