धनगढी पोष्ट
मङ्गलबार, ०५ साउन २०७८ मा प्रकाशित
धनगढी
अबिरल बर्षाका कारण पहिरो आएर अवरुद्ध बनेको महाँकाली करिाडेर र जयपृथ्वी राजमार्ग सुचारु भएका छन् ।
मंगलबार बिहान बैतडीको सुर्नया गाउँपालिका स्थित शत्बाँझ सडक खण्डमा पहिरो जाँदा महाँकाली करिडढोर अबरद्ध भएको थियो ।
जसका कारण दार्चुला र बैतडीको केही क्षेत्रमा यातायात अबरुद्ध भएको थियो । त्यसैगरी बैतडीकै पुचौंडी नगरपालिका स्थित ढोलेमोड सडक खण्डमा पहिरो जाँदा बझाङको यातायात सेवा अवरुद्ध भएको थियो । सडक अबरुद्ध भएपछि सडक डिभिजन कार्यालयले डोजर प्रयोग गरी ४ घण्टा पछि एकतर्फि यातायात सञ्चालन गरेको छ ।
महाकाली लोक मार्ग अन्तरगत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
प्रहरीले डोजरको सहयोगमा पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । अहिले दुवै राजमार्गमा एक तर्फ सवारी सञ्चालन भइरहेका उनले बताए । पहिरो हटाउने कार्य भने अझै जारी रहेको छ ।