धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

टिकापुर घटनाको अनुसन्धान गर्ने प्रहरी अधिकारी पुरस्किृत

टिकापुर घटनाको अनुसन्धान गर्ने प्रहरी अधिकारी पुरस्किृत

धनगढी

कैलालीको टिकापुरमा भएको घटनामा सफल अनुसन्धान गरेको भन्दै सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीले ८ बर्ष पछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको घटनामा सफल अनुसन्धान गरी पिडित लाई न्याय दिन सफलता प्राप्त गरेका भन्दै हाल जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख रहेका प्रहरी उपरिक्षक अधिकारी सहित ९ जनालाई नगद सहित पुरस्कृत गरेको हो ।

घटनाको सफल अनुसन्धान गर्नुका साथै आफुलाई तोकिएको जिम्मेवारी ईमान्दारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको कामको उत्कृष्ट मुल्यांकन गरी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेलले ९ जनालाई नगद सहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटा, प्रहरी निरिक्षक लाल बहादुर ऐर, प्रहरी सहायक निरिक्षक अनिल शाह र कृष्ण मल्ल, हवल्दार गणेश बहादुर सेठ्ठी, प्रहरी जवानहरु जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्ट समेत रहेका छन् ।