धनगढी पोष्ट
मङ्गलबार, ०५ साउन २०७८ मा प्रकाशित
धनगढी
जिल्ला अदालत कञ्चनपुरबाट सजाय र जरिवाना पायपछि फरार रहेका १ जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले ५ बर्ष पछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार काठ चोरी गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–१५ का रमेश साउँदलाई दोषि ठहर गर्दै अदालतले चार महिना र चार हजार रुपैयाँ जरिवाना हुने गरी सजाय तोकएको थियो ।
अदालतको फैसला पछि फरार साउँदलाई मंगलबार घर नजिकैबाट पक्राउ गरिएको जनाएको छ ।
उनलाई २०७३ असार ६ गते जिल्ला अदालत कञ्चनपुरले सजाय सुनाएको थियो । फैसला पछि फरार साउँदलाई मंगलबार पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।