धनगढी पोष्ट
मङ्गलबार, ०५ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा मंगलबार थप ४६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार मंगलबार प्रदेशका दुई वटा प्रयोगशालाबाट १ सय १२ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुने सवैको परिक्षण सेती प्रादेशिक अस्पतालको परिक्षण गरिएको थियो । महाँकाली अस्पतालमा गरिएको १० जनाको कोरोना परिक्षणमा सवैको नतिजा नेगेटिभ रहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी मंगलबार २ सय ९७ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४४ हजार ६ सय ३१ पुगेको छ । संक्रमण पुष्टि भएका मध्य ३५ हजार ४ सय जना संक्रमण मुक्त भएर घर गएका छन् ।
मंगलबार ३५ जना संक्रमण मुक्त भएर घर गएका छन् । स्वास्थय निर्देशनालयका अनुसार मंगलबार कोरोना संक्रमणका कारण सुदूरपशिचममा १ जनाको मृत्यु भएको छ । मंगलबार १ जनाको मृत्यु भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ५ सय ७६ पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा हाल ३ सय २२ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको स्वास्थ्य निर्देशनालय डोटलिे जनाएको छ ।