धनगढी पोष्ट बिहिबार, ०७ फागुन २०८२   February 19, 2026

काठमाण्डौ जानेले अनिबार्य १४ दिन क्वारेन्टिन बस्नु पर्ने

काठमाडौं

   काठमाण्डो जानु पर्नेहरुले अब अनिबार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको गृहमन्त्रालयले काठमाण्डौ उपत्यका प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा  क्वारेन्टिनमा राख्न काठमाण्डौ उपत्यकामा रहेका तीन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपछि क्वारेन्टिनमा बस्नु अनिवार्य बनेको हो

 

   दैनिक एक हजारको हाराहारीमा काठमाडौं बाहिरबाट मानिसहरु आइरहेको उनीहरु काठमाडौं आएपछि घरबेटीले कोरोना परीक्षणका लागि दबाब दिने गरेको भन्दै गृहमन्त्रालयले क्वारेन्टिनमा बसेर लक्षणको आधारमा मात्र परीक्षण गर्न निर्देशन दिएको हो

   काठमाडौं, ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै मन्त्रालयले घरबेटीले कोरोना परीक्षणको दबाब दिएपछि शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भिड बढेको भन्दै यस्तो निर्देशन दिएको हो