धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

सुदूरपश्चिमका १४ सांसदद्वारा राजिनामा फिर्ता गर्न रावललाई आग्रह

सुदूरपश्चिमका १४ सांसदद्वारा राजिनामा फिर्ता गर्न रावललाई आग्रह

धनगढी

सुदूरपश्चिम प्रदेशसभाका १४ सदस्यले एमाले नेता भीम रावललाई आफ्नो राजनिामा फिर्चा गर्न भन्दै ध्यानाकर्षण गराएका छन् ।

बुधबार नेता रावलकै निवासमा पुगेर प्रदेशसभा सदस्यहरुले राजिनामा फिर्ता लग्न ध्यानाकर्षण पत्र सहित आग्रह गरेका हुन् । ध्यानाकर्षण गराउनेमा प्रदेशका ४ जना मन्त्री समेत रहेका छन् ।

ध्यानाकर्षण गराउँदै १४ जना प्रदेशसभासदस्य हरुले राजिनामामा  निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

प्रदेशसभा सदस्य हर्क कुँवरका अनुसार काठमाण्डौं जान अघि मंगलबार धनगढीमै १७ जना प्रदेशसभा सदस्यहरुले रावलको राजिनामा फिर्ताका लागि दवाव दिने निर्णय गरेका थिए ।

रावल कम्रेड देशकै नेता हुनुहुन्छ उनले भने–‘उहाँले राजिनामा दिंदा देशलाईनै घाटा हुने देखेपछि हामीले राजिनामा फिर्ताका लागि दवाव दिएका हौं । रावलले राजिनामा दिए पनि आफुहरुले पनि राजिनामा दिने सोच बनाएको उनले बताए ।

प्रदेशसभा सदस्यले दिएको पत्र पछि नेता भीम रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएका छन् । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् ।