धनगढी पोष्ट
बुधबार, ०६ साउन २०७८ मा प्रकाशित
धनगढी
बाजुरा जिल्लाको सदरमुकाम कोड्ने सडक पहिरोका कारण १ महिना देखी अबरुद्ध बनेको छ ।
विगतमा पनि यो सडक बर्षा याममा अबरुद्ध हुँदै आएको थियो । सडक अबरुद्ध हुने समस्याको दिगो समाधान गर्न नसक्दा यसपटक पनि असार १ गते भएको वर्षासँगै सडक अवरुद्ध भएको थियो ।
त्रिवेणी नगरपालिका–९ पैमामा भीरबाट पहिरो आउने र तलतिर बूढीगंगा नदीले सडक बगाएपछि सडक अवरुद्ध हुँदै आएको हो । पहिरोले, बूढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक भत्किएको छ ।
बर्षायाम सुरु भएसंगै बाजुरा सदरमुकाम मार्तडि संगै जिलला का धेरै स्थान जोड्ने सडकको सम्बन्ध विच्छेद हुँदै आएको छ । ‘चार वर्षदेखि सडक सञ्चालनका लागि कुनै ठोस पहल भएको छैन’ बूढीगंगा नगरपालिकाका २ का वडाध्यक्ष हीरालाल थापाले भने–‘ हरेक बर्ष बर्षा याममा चार महिना सडक पुर्णरुपमा अवरुद्ध हुँदै आएको छ ।
अछामको साँफेबगर देखी मार्तडीसम्म सडक पु¥याउन २२ लागेपनि सडकको दिगो व्यवस्थापन नगरिंदा हरेब बर्षा बर्षायाममा बाजुराका नागरिकले यातायातबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ ।
मुख्य सडक अवरुद्ध भएपछि अहिले पहिरो गएको ठाउँसम्म मात्रै सवारी साधन जाने गरेका छन । भाँसिएको तीन किलोमिटरमा यात्रु हिँडेर अर्कोतिरको गाडीसम्म जाने गरेका छन् । सवारी अबरुद्ध हुँदा दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ ।