धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सुदूरपश्चिममा थप ७१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ७१ जनामा कोरोना पुष्टि

धनगढी
सुदूरपश्चिम प्रदेशमा बुधबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
प्रदेशका २ वटा प्रयोगशालामा गरिएको एक सय ५० जनाको पिसिआर परिक्षणमा ५४ र ३ सय २२ जनाको एन्टिजेन परिक्षणमा १७ गरी ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालमा गरिएको १ सय २२ जनाको कोरोना परिक्षणमा ४३ र डडेल्धुरा अस्पतालमा गरिएको २८ जनाको पिसिआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
योसंगै सुदूरपश्चिम प्रदेशमा हाल सम्म ४४ हजार ७ सय २  जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य ४३ हजार ३ सय ३४ जना संक्रमण मुक्त भएका छन् । हाल सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ५ सय ४६ जनाको मृत्यु भएको छ । 
यसैगरी बुधबार सुदूरपश्चिमका विभिन्न अस्पतालबाट १६ जना कोरोना संक्रमण मुक्त भएर घरगएका छन्, भने संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।